/पोखरा महानगर प्रज्ञा प्रतिष्ठान गठन

पोखरा महानगर प्रज्ञा प्रतिष्ठान गठन

पोखरा महानगरमा प्रज्ञा प्रतिष्ठान गठन भएको छ। संस्कृति संरक्षण र प्रवद्र्धनको उद्देश्यले पोखरा महानगरका  मेयर मानबहादुर जिसीले प्रतिष्ठानमा कुलपतिसहित ७ जना सदस्य सहितको प्रतिष्ठान गठन गरेका हुन्   । 

प्रतिष्ठानको कुलपतिमा पदमराज ढकाल नियुक्त भएका छन् भने  सदस्यमा कृष्ण भण्डारी, प्रकाश ज्ञवाली, जीवन दाहाल, मिलन शेरचन, सरस्वती श्रेष्ठ सरु र दिलीप गायक चुनिएका छन्।

सबैलाई मेयर जिसीले बुधबार नियुक्ति दिएका हुन्।

 समितिले प्रतिष्ठानका लागि पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मीलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्याय गरी ११ जनाको नाम सिफारिस गरेको थियो।