नेकपा केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक अर्को सूचना नभएसम्मका लागि भन्दै स्थगित भएको छ । यसअघि बुधबार बसेको बैठकले सर्वोच्चको फैसलाअनुसार नै संसद् बैठक बोलाउन स्थायी कमिटी सदस्यहरुले सुझाव दिएका थिए ।
केही स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए ।
आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।
बिहिबार स्थायी कमिटी बैठक बोलाइएको थियो ।