/नेपाली कांग्रेसले नेकपासँग तत्काल सहकार्य नगर्ने

नेपाली कांग्रेसले नेकपासँग तत्काल सहकार्य नगर्ने

नेपाली कांग्रेसले नेकपासँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको छ । आज बिहिबार  बसेको पदाधिकारी बैठकले  नेकपासँग तत्काल सहकार्य नगर्ने निर्णय गरेको हो । 

कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म कुनै पनि सहकार्य नगर्ने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरणका लागि बुधबार नेकपाको प्रचण्ड नेपाल समूहले सभापति देउवालाई भेट गरेका थिए ।

प्रचण्ड नेपाल समूहले गरेको  प्रस्ताव  गर्न बारे छलफल गर्न  सभापति देउवाले आज पदाधिकारी बैठक डाकेका थिए ।