/चैत १७ गतेदेखि संचालन हुने आहा रारा गोल्डकपमा प्रदान गरिने विभिन्न ट्रफी बेलायतबाट ल्याइदै

चैत १७ गतेदेखि संचालन हुने आहा रारा गोल्डकपमा प्रदान गरिने विभिन्न ट्रफी बेलायतबाट ल्याइदै

रिपोर्टर्स सेभेन ,

पोखरामा आउँदो चैत १७ गतेदेखि १९ औं संस्करणको  राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरीय आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा म्यान अफ दी म्याच ट्रफीसहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरिने ट्रफी बेलायतबाट  आउने भएको छ।

सहारा यूकेको सहयोगमा सो ट्रफी प्राप्त हुने भएको हो। त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरूलाई प्रदान गरिने मेडलसमेत बेलायतबाट ल्याइने भएको छ। क्लबका अध्यक्ष केशवबहादुर थापाले  विभिन्न विधामा उत्कृष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि उक्त ट्रफी निकै आकर्षक भएको बताए। 

सहारा क्लबका अनुसार  १९ औं संस्करण पोखरा रंगशालामा २०७७ चैत २८ गतेसम्म संचालन हुने  छ।