/आउँदाे चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने

आउँदाे चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने

रिपोर्टर्स सेभेन,

नेपाल गणित समाजको आयोजनामा आउँदाे चैत २७ देखि २९ गतेसम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाललगायत विश्वका १० देशका २०० बढी गणित विज्ञको सहभागितामा गणित सम्मेलन हुने भएको हो ।

अध्यक्ष डा चेतराज भट्टका अनुसार  गणितको महत्त्व र गणित विधाको अनुसन्धान गर्नका लागि सम्मेलन आयोजना गरिएको बताउनुभयो । 

 उहाँका अनुसार  सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेका अध्ययन अनुसन्धानबारे नेपाली गणितज्ञ परिचित हुने र देशभित्र भइरहेका अध्ययन अनुसन्धान अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य रहेको छ । 

सम्मेलनमा गणित विषयका २३ वटा विधा समेटिएको छ ।