/अविश्वासको प्रस्ताव ल्याएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

अविश्वासको प्रस्ताव ल्याएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

रिपोर्टर्स सेभेन ,

फाल्गुन १६, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएर देखाउन चुनौती दिनुभएको छ । आइतबार झापाको दमक, कमल र गौरादह क्षेत्रमा स्थापना गर्न लागिएको चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

संसाद पुर्नस्थापना गरी अदालतबाट जितेर ल्याएको हो भने अविश्वासको प्रस्ताव राख्नु होस् पास गर्नुहोस् । पहिला पनि अविश्वासको प्रस्तावबाट नै हटाइएको हो । पछि जनताले चुनेर पाठाएको हो त्यस कारण अब पनि हहटाउन प्रकृया बिधिबाट आउन सुझाव दिनुभयो । पुर्नस्थापना हुनासाथ केही नेता नयाँ प्रधानमन्त्री खोज्दै हिडेको बताउनुभयो । यस अर्थमा आफूले पञ्चायतदेखि नै केही गल्ति नगर्दा पनि मुद्दा खेप्दै हार्दै आएको प्रसंग उल्लेख गर्दै अदालतले हराएपनि जनताले जिताइन्जेल कसैको केही नलाग्ने बताउनुभयो । 

उहाँले लामो सर्घष र बलिदानबाट ल्याइएको लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउनुभएको छ ।प्रधानमन्त्रीले अगाडि भन्नुभयो, मुलुकमा तीब्र गतिले चौतर्फी रुपमा भएको बिकासबाट अतालिएर केही नेता छटपटटाउन थालेका छन् । प्रत्येक प्रदेशमा एक हजार बिगाहा भन्दा ठूलो क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट बिनियोजन भइसकेको छ । नेपालकै सबैभन्दा ठूलो झापाको दमकमा निर्माण हुने चीन नेपाल मैत्री औद्योगिक पार्कले आगामी दुइ बर्षभित्रमा उत्पादन सुरु गर्ने बताउनु्भयो ।

पछिल्लो तीन बर्षमा भएको बिकासको गति अस्वभाविक भएको छ । विश्वमा नै दुर्लभ होला एकै दिन देशभरी ३०९ वटा स्वास्थ्य चौकीको शिलान्यास भएको छ । ९१५ वटा पक्की मोटरेवल पुल निर्माण भइसकेका छन् । नेपालमा हाल दैनिक ५ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । 

कार्यक्रममा बोल्दै उहाँले  बिदेशीलाई खुशी बनाउन प्रधानमन्त्री परिवर्तन गर्ने खेलमा लागेको  दावी गर्नुभएको  छ ।