/भारतलाई कम्फर्ट बनाउने सरकार चाहेका प्रचण्डको अनेरास्वबियू कास्की द्वारा बिरोध

भारतलाई कम्फर्ट बनाउने सरकार चाहेका प्रचण्डको अनेरास्वबियू कास्की द्वारा बिरोध


पछिल्लो समय नेकपा दाहाल पक्षका अध्यक्ष पुष्प कमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिलाइ लिएर बिभिन्न निकायले बिरोध जनाएका छन् । यसै बीच गण्डकी प्रदेशको राजधानी  पोखराका बिभिन्न आंगिक क्याम्पसहरुमा अनेरास्वबियूले पनि  बिरोध जनाएको छ ।

 

 

आज अध्यक्ष दाहालको बिदेशी लम्पसारवादका बिरोधमा कास्की जिल्ला अन्तर्गत का पृथ्वीनारायण क्याम्पस , पोखरा बिश्वबिध्यालय केन्द्रीय क्याम्पस , पोखरा बनबिज्ञान अध्ययन सस्थान , जनपृय बहुमुखी क्याम्पस , पोखरा इन्जिनियरिङ क्याम्पस मा भब्यताका साथ कार्यक्रम सम्पन्न भएको अनेरास्वबियू कास्कीका संयोजक बिजय पौडेलले बताए ।

 

पछिल्लो क्रममा उनले दिएको अभिव्यक्तिले उनि बारम्बार बाह्य इशारामा चल्दै आएको गतिलो उदाहरण भएको समेत अनेरास्वबियूले बताएको छ । 

 

 

यसैबीच प्रधानमन्त्री ओलीको समर्थन र  प्रचण्डको बिरोधमा बिभिन्न नारा लेखिएका पम्प्लेट सहित बिधार्थीहरुले बिरोध जनाएका हुन् ।

 

 

प्रचण्डले पछिल्लो क्रममा भारत लगायतका छिमेकी राष्ट्रलाई कम्फर्ट हुने गरि अब नयाँ सरकार  बन्नुपर्ने अभिव्यक्ति दिएका थिए ।