रिपोर्टर्स सेभेन,
तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका छन । कारागारका नाइके विवादको विषयलाई लिएर आइतबार तनहुँ जिल्ला कारागारमा दुई कैदी समूहबीच झडप हुँदा ६ कैदी घाइते भएका हुन् ।
दुइ समूह बीच झडप हुँदा अनुप थापा, कुलबहादुर तामाङ, धनबहादुर शाही, माधव कँडेल, ज्ञानबहादुर विक र दीपक दर्जी घाइते भएको बताइएको छ ।
घटनाको सम्बन्धमा तनहुँमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल, कारागार प्रशासनबीच छलफल भइरहेको बताएको छ ।
घाइतेमध्ये दुई जनाको टाउकोमा चोट लागेको छ भने अन्यको अवस्था सामान्य छ ।