/विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन

विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता गर्न टोली बनाएको छ। दुई सदस्यीय टोलीमा गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा  गठित वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। 

वार्ताका लागि सरकारले आजै टोली गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए। उनले विप्लव नेतृत्वको नेकपा चाँडै वार्तामा आउने समेत आशा व्यक्त गरेका छन्। 

केही समयअघि विप्लव समूहले आफूहरू वार्तामा आउन चाहेको धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरेको थियो।