/सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकारात्मक

रिपोर्टर्स सेभेन ,

आज सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबीचको पहिलो चरणको औपचारिक वार्ता भएको छ । सरकारका तर्फबाट वार्तामा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई सहभागी भएको पहिलो चरणको वार्ता सकिएको हो ।
त्यस्तै खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूह वार्तामा सहभागी भएको हो । दुवै पक्षबीचको वार्ता सकारात्मक भएको वार्तामा सहभागी सरकारी वार्ता समितिका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ ।
आफ्ना पक्राउ परेका कार्यकर्ता रिहा र आफूहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग विप्लब समुहले गरेको छ।