/नेपाल र मलेसियाबीच सामाजिक सुरक्षामा सहभागी गराउने समझदारी पत्रमा हस्ताक्षर,यस्ता छन् फाइदा

नेपाल र मलेसियाबीच सामाजिक सुरक्षामा सहभागी गराउने समझदारी पत्रमा हस्ताक्षर,यस्ता छन् फाइदा

रिपोर्टर्स सेभेन ,

मलेसियामा रहेका नेपाली कामदारको हितमा नेपाल र मलेसिया सरकारबीच समाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 कामदारलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा त्यसबापत तोकिएको क्षतिपूर्ति उपलब्ध गराउने गरि सुरक्षा कार्यक्रममा सहभागी गराउने सहमति भएको हो। 

 मलेसियाको सामाजिक सुरक्षा संस्था (एसओसीएसओ) र वैदेशिक रोजगार बोर्ड बीच सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्र्धन सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यो संगै  मलेसियामा काम गर्ने नेपाली श्रमिकले दुर्घटना हुँदा या मृत्यु भएमा अब जीवनभर पेन्सन सुविधा पाउने ग्यारेन्टी भएको छ ।