रिपोर्टर्स सेभेन ,
तनहुँमा एक किशोरको करेन्ट लागेर मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा भानु नगरपालिका–१ स्थित करेन्ट लागेर मृत्यु भएको हो ।
तामाङ ११:४५ बजे तामाङ खोलामा मृत अवस्थामा भेटिएको डुम्रे भानु मुकामका इन्जार्च प्रहरी निरीक्षक प्रकाश भुषालले बताए ।
शवलाइ पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।