/पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण, ७८ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण, ७८ जनामा संक्रमण

रिपोर्टर्स सेभेन,

नेपालमा कोरोनाभाइरसका १०७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ७८ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १०७ जना सङ्क्रमित थपिदा नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७४ हजार ४८८ पुगेको जनाएको छ । 

हाल ७९५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म दुई लाख ७० हजार ६८३ जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणबाट निको हुने दर ९८.६१ छ ।

चौबीस घण्टामा ३७ जना महिला र ७० जना पुरुष सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख ७९ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हाल ७९५ जना आइसोलेशनमा र ५७ जना क्वारेन्टिनमा छन् ।