/बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : पौडेल

बाँकी दुई वर्षको कार्यकाल ओली नेतृत्वमै चल्छ : पौडेल

 अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताउनुभएको छ ।

गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएको अर्थमन्त्रीले पौडेलले बुटवलमा पत्रकारसँग कुरा गर्दै अब पनि यही सरकार निरन्तर रहने बताउनुभयो । प्रतिनिधिसभामा अविश्वास प्रस्ताव दर्ता हुँदैमा वर्तमान सरकार नढल्ने र बाँकी दुई वर्षको कार्यकाल केपी शर्मा ओली नेतृत्वमै चल्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल–नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर गर्नुभयो । 

महासचिव पौडेलले अहिले पनि नेकपा राष्ट्रिय राजनीतिको नेतृत्व शक्ति रहेको र बाँकी कार्यकाल ओली नेतृत्वको सरकारले काम गर्ने बताउनुभयो ।