/तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

तीन बुँदे सहमति भित्र देश बनाउने महान आकांक्षा लुकेको छः महासचिव चन्द

 नेत्रविक्रम चन्द विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (विप्लब समूह) का महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीन बुँदे सहमतिभित्र देश र जनताको समृद्धि देश बनाउने महान आकांक्षा लुकेको बताउनुभएको छ ।

सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो ।

महासचिव चन्दले नेपाली राजनीतिक आन्दोलन सफलताको महत्वपूर्ण दिनको रुपमा ‘२१ गते’ लाई व्याख्या गर्नुभयो । “यो सहमति सरकार र हाम्रो मात्र होइन, सहमति केवल पार्टीको कुरा मात्र होइन, नेताको कुरा मात्र होइन, सहमतिको भित्र लुकेको महान आकांक्षा छ” चन्दले थप्नुभयो, “सहमतिपत्रको भित्र नेपाललाई समृद्ध बनाउने समृद्धिको आकांक्षा छ ।”

 “यस अवसरमा नेपाल सरकार र हाम्रो दलले एक किसिमको जिम्मेवारी पूरा गरेको अनुभूति भएको छ ।” देशमाथि अतिक्रमण हुँदा कम्युनिष्टहरुले विद्रोह गर्छन् र सँगसँगै शान्तिको दूतकोरुपमा काम पनि गर्छन् महासचिव चन्दले थप्नुभयो, “आजको परिवेश बदलिएको छ तर हामी सहमतिको तीन बुँदेमा प्रतिवद्ध छौं, त्यसको सही पालना गर्छौं ।” उहाँले भन्नु भयो ।