/आज सुनको भाउमा केही गिरावट

आज सुनको भाउमा केही गिरावट

 आज सुनको भाउमा गिरावट आएको  छ ।

आज तोलामा ६ सय रुपैयाँले घटेर ८६ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

समग्रमा भने यो हप्ता सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा ८६ हजार एक सय रुपैयाँमा कारोबार भएको  थियो ।

 मंगलवार भाउ घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको थियो । तर, बुधवार फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ रुपैयाँ कायम भएको थियो ।