/स्याङ्जामा भरुवा भन्दुक सहित २ पुरुष पक्राउ

स्याङ्जामा भरुवा भन्दुक सहित २ पुरुष पक्राउ

 स्याङ्जामा  भरुवा भन्दुक र त्यसमा प्रयोग हुने सामाग्री सहित २ पुरुष पक्राउ परेका छन्  । 

हरिनास गाउँपालिकाबाट भरुवा बन्दुकसहित शनिबार राति ९:४० बजे ईलाका प्रहरी कार्यालय चिसापानी स्याङ्जाबाट खटिएको प्रहरी टोलीले जंगलमा शिकार खेल्न हिंडेको र लोड गरेको अवैध भरुवा वन्दुक सहित  पक्राउ गरेको हो । 

 पक्राउ पर्नेमा हरीनास गाँउपालिका ४ का  २२ वर्षीय प्रेम भुजेल र ३६ वर्षीय हेम बहादुर भुजेल  रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए  । 

उनिहरुबाट भरुवा बन्दुक सहित  बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १७ वटा र  बारुद ५ ग्राम बरामद गरेको प्रहरीले बताएको छ  । उनीहरुलाई  हातहतियार तथा खरखजना सम्बन्धी” कसुरमा मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ ।