नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालयमा छलफल शुरु भएको छ। यसका लागि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर पार्टी कार्यालय धुमबाराही हुनुहुन्छ ।
सर्बोच्च अदालतले नेकपाको कानूनी हैंसियत नभएको र पुरानै दुई वटा पार्टी नेकपा एमाले तथा माओवादी केन्द्र रहने गरी फैसला गरेपछि देखिएको पार्टीभित्रको अन्यौल हटाउन एमालेका नेताहरु छलफलमा जुटेका हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत्र ७ गते केन्द्रीय समितिको बैठक बोलाउनुभएको र यसमा असन्तुष्ट पक्षको सहभागितका बारेमा विभिन्न चर्चा चलिरहेको बेलामा आजको बैठक निकै महत्वपूर्ण मानिएको छ।