/१५ लाख ५५ हजार ४४१ जनाले लगाए कोरोना बिरुद्दको खोप

१५ लाख ५५ हजार ४४१ जनाले लगाए कोरोना बिरुद्दको खोप

चैत २, नेपालमा कोभिड –१९ (नोवल कोरोना भाइरस) विरुद्धको खोप १५ लाख ५५ हजार ४४१ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने टार्जेट राखेकोमा सो संख्यामा खोप लगाएको बताउनुभयाे ।

यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ टार्जेट रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ ।

अहिलेसम्म निष्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ ।

नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोश्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

उत्पादनभन्दा माग बढी रहेका कारणले दोश्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उहाँले स्पष्ट पार्नुभयाे ।

दुईपटक सम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार खाेप लगाएकाे कार्ड भए विदेशमा जाँदा सजिलाे हुनेछ ।