/पछिल्लो २४ घण्टामा दुई हजार ७९० परीक्षणमा ११४ सङ्क्रमित, ९४ निको भए

पछिल्लो २४ घण्टामा दुई हजार ७९० परीक्षणमा ११४ सङ्क्रमित, ९४ निको भए

पछिल्लो २४ घण्टामा नेपालमा  कोरोना भाइरसका ११४ जना सङ्क्रमित थपिएका छन् ।

 कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ७९० आरटीपीसीआर परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याेसँगे नेपालमा ११४ जना सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ ।  यस्तै, नेपालमा ९४ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ । मन्त्रालयले हाल ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । 

पछिल्लो चौबीस घण्टामा काेही पनि कोरोना सङ्क्रमितको मृत्यु नभएकाे मन्त्रालयले उल्लेख गरेको छ ।

कोरोनाबाट नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो । हाल ५५ जना क्वारेन्टिनमा छन् । हालसम्म २२ लाख २१ हजार ५१२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।