स्याङ्गजामा कुलोमा खसेर एक युवाको ज्यान गएको छ । २५ वर्षीय सञ्जु रानाको पुतलीबजार नगरपालिका वडा न. ३ आम्वोटस्थित कुलोमा खसेर ज्यान गएको हो ।
उनि सोहि ठाउँ पुतलीबजार नगरपालिका वडा न. ३ आम्वोटक्षेत्रमा काम गरी बस्ने गरेको प्रहरीले जनाएको छ ।
उनि बाटोबाट करिब ३० मिटर तल कुलोमा खसेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।