/नेपाली युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ

नेपाली युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ

 स्याङ्जामा जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् ।  फेदिखोला गाउँपालिकाबाट जवरजस्ती करणी गरेको आरोपमा हाल चितवन इच्छाकामना गाउँपालिका वडा नं ५ बस्ने २२ वर्षीय मुकेश चौधरी पक्राउ परेका हुन्  ।

इच्छाकामना गाउँपालिका वडा नं ५ बस्ने २२ वर्षीय मुकेश भारतको मोतिहारी चमारण भेलवा स्टेसन वडा नं ८ स्थायी घर भएका रहेको प्रहरीले जनाएको छ ।

चौधरीले २२ वर्षीय युवतीलाई विवाह गर्छु भनी प्रेमजालमा पारी ललाई पकाई गरी फेदीखोला गाउँपालिका वडा नं २ मा लगी जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको  स्याङ्जाका  प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताएका छन्   ।

जवरजस्ती करणी गरेको भन्ने व्यहोराको जाहेरी दरखास्तको आधारमा चौधरीलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ  ।