/भिडभाड सहितका कार्यक्रम नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध

भिडभाड सहितका कार्यक्रम नगर्न र नगराउन जिल्ला प्रशासन कार्यालय कास्कीको अनुरोध

चैत्र १२,   जिल्ला प्रशासन कार्यालय कास्कीले भिडभाड सहितका कार्यक्रम नगर्न र नगराउन सबैमा अपिल गरेको छ । 
सबै  पक्षको बैठक बसि स्वास्थ्य मन्त्रालयले भने अनुसार गर्न सम्बद्ध सबैमा अनुरोध समेत गरेको हो ।     
जिल्लाले सम्बद्ध सम्पुर्ण निकायलाई तोकिएका मापदण्ड अपनाएर मात्र कार्य सन्चालन गर्न पनि सुचित गरेको छ । यसो नभएमा कानुन अनुसार कारबाही गरिने समेत विज्ञप्ति मार्फत जनकारी गराइएको छ । 
त्यस्तै नजिकिदै गरेको होलि पर्वमा पनि स्वास्थ्य मापदण्ड ख्याल गरि कुनै पनि हालतमा भिडभाड नगर्न सुचित गरेको छ ।  

FB_IMG_16166741449830222