/खास्टे ताल महोत्सवको आज दोश्रो दिन , ज्योति मगर लगायतको प्रस्तुति रहने

खास्टे ताल महोत्सवको आज दोश्रो दिन , ज्योति मगर लगायतको प्रस्तुति रहने

तालको संरक्षण र सम्बर्धनको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक आयोजना गरिएको खास्टे ताल महोत्सवको आज दोश्रो दिन बिभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजकले बताएको छ ।

‘खास्टे न्यूरेनी जाँउ तालमा रमाऔँ’ भन्ने मुल नाराका साथ पोखरा-२६ लेखनाथमा महोत्सव यही चैत १२ गतेदेखि २२ गतेसम्म खास्टे ताल महोत्सव संचालन गरिएको समेत आयोजकले बताएको छ  । 

महोत्सवमा आज ज्योति मगर , रमेश राज भट्टराइ , सिता के सी , कृष्ण प्रसाद गौतम , प्रदिप त्रिपाटि , किरण शर्मा , शुमन खड्का , सन्तोष बस्याल ,प्रिया गुरुङ लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । 

कोरोना संक्रमणको दोश्रो लहर सुरु हुन लागेपनि पूर्ण स्वास्थ्य मापदण्ड पालना गरि महोत्सव का गतिविधि संचालन गरिएको महोत्सवका व्यवस्थापक प्रशान्त सुनारले जानकारी दिए ।