/८५ सङ्क्रमित थपिए, ९३ कोरोनामुक्त, तीनजनाको मृत्यु

८५ सङ्क्रमित थपिए, ९३ कोरोनामुक्त, तीनजनाको मृत्यु

 नेपालमा आज  ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । पछिल्लो चौबीस घण्टामा दुई हजार ७४५ को आरटीपीसीआर परीक्षण गरिएकोमा ८५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमणको कुल सङ्क्रमित दुई लाख ७६ हजार ७५० पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ९३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ४३५ जना सङ्क्रमणमुक्त भएका छन् ।
मन्त्रालयले हालसम्म २२ लाख ५९ हजार ४५ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । मन्त्रालयले हालसम्म तीन हजार २७ जना सङ्क्रमितको कोरोना सङ्क्रमणले मृत्यु भएको जनाएको छ ।