/पोखरा संगै अन्य सहरको आकास आज पनि खुलेन, पहिलेकै अवस्थामा आउन केहि दिन लाग्ने अनुमान

पोखरा संगै अन्य सहरको आकास आज पनि खुलेन, पहिलेकै अवस्थामा आउन केहि दिन लाग्ने अनुमान

केही दिनअघिसम्म बिहानको समयमा केहीबेर खुला आकाशमा चहकिलो घाम देखिने पोखराको आकासमा केही दिन यता बिहानदेखि साँझसम्मै आकाश धुम्म बनेर सूर्यको किरण धर्तीमा आउन सकेको छैन ।

वायु प्रदूषण उच्च रहेकाले पोखरा संगै  काठमाडौँ लगायत वायु प्रदूषणको असर हिमाली जिल्लामा समेत पुगेको छ । जुम्ला, रारा क्षेत्रसम्म वायु प्रदूषणको  असरले आकाश ढाक्न पुगेको छ । 

वातावरण विभागका अनुसार  यो अवस्थामा दुई तीन दिनमा सुधार आउने अपेक्षा गरिए पनि अझै लम्बिन सक्ने बताइएको  छ । पोखरा संगै अन्य सहरहरुको  वायु प्रदूषणको सूचक हरेक घण्टा २५० हाराहारी पुग्ने गरको विभागले जनाएको  छ । यो मानव स्वास्थ्यका लागि अति हानिकारक वायुको अवस्था मानिन्छ  । 

काम परेको खण्डमा बाहेक घरबाहिर हिँड्डुल नगर्न, निस्कन र परेको खण्डमा सावधानी अपनाउन  विभागले  अनुरोध समेत गरेको छ । अहिले चारैतिर डढेलो सङ्कट बढेकाले यस्तो बेलामा सहरका स्थानीयले फोहोर बाल्ने, खुला रूपमा आगो बाल्ने जस्ता काम नगरिदिन पनि आग्रह गरेको छ ।