/होली खेल्ने क्रममा भएको झगडाका कारण दुई युवकको ज्यान गयो

होली खेल्ने क्रममा भएको झगडाका कारण दुई युवकको ज्यान गयो

 होली खेल्ने क्रममा भएको  झगडाका कारण बाग्लुङमा दुई युवकको ज्यान गएको छ । घटनामा बाग्लुङको निसीखोला गाउँपालिका-७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको हो ।

बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालका अनुसार बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको भएको थियो  ।

घटनाबारे थप जानकारी आइसकेको छैन । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो   ।