/कोरोना ग्राफ उकालो लाग्दै, जनस्वास्थ्य मापदण्ड कार्यान्वयन पक्ष फितलो

कोरोना ग्राफ उकालो लाग्दै, जनस्वास्थ्य मापदण्ड कार्यान्वयन पक्ष फितलो

डिआर काफ्ले,

कोरोना संगै बन्दाबन्दि भोगेका नेपालीलाई फेरी पनि बन्दाबन्दि भोग्नुपर्ने हो कि भन्ने आशंका लागिरहेको छ  । यता सरकारी तवरबाट पनि फितलो तयारि त्यस्तै नागरिकको हेलचेक्रयाईले गर्दा फेरी पनि कोरोना ग्राफ उकालो लागिरहेको छ  । 

विज्ञहरुले देशबाहिर बाट आएकाहरुको लागि  क्वारेन्टिनमा राख्ने संगै  कोरोना परीक्षण क्षमता वृद्धि र जनस्वास्थ्य मापदण्ड कार्यान्वयन अनुगमन तत्काल गर्नुपर्नेमा जोड दिए पनि त्यसो नभएको पाइएको छ   । यता स्थानीय निकाय पनि यसमा नतमस्तक बनेको देखिन्छ   ।  यसरि हेर्दा सरकारको ठोस योजना नहुनु नागरिकको हेलचेक्रयाई बढ्दै जानुले सकारात्मक संकेत गरेको पाइदैन । 

यतिबेला धेरैजसो अधिकांशले माक्सको प्रयोग नै नगरेको पाइन्छ भने ,प्रयोग गर्नेले पनि उचित तरिकाले प्रयोग नगरेको पाइन्छ । त्यस्तै सार्वजनिक रुपमा जस्तै यातायातका साधन , विधालय लगायतका अन्य भिडभाड हुने स्थानहरुमा खासै सतर्कता अपनाएको पाइदैन । 

यतिमात्र नभएर अघिल्लो पटक खुल्ला सिमानाकै कारण नेपालमा कोरोना भित्रिएको यातार्थता हामि माझ हुँदा हुँदै पनि यसमा सरकार नतमस्तक देखिन्छ र सिमानामा कडाई गर्न तर्फा अग्रसर भएको त्यति देखिदैन । सिमा संगै त्रिभुवन विमानस्थलमा समेत खासै मापदण्ड पालना गरेको देखिंदैन । 

हरेक निकायको लापारबाहिले गर्दा नै बिस्तारै घट्दै गएको कोरोना ग्राफ फेरी केहि दिनदेखि बढिरहेको छ ।