/पछिल्लो चौबीस घण्टामा २८८ जनामा सङ्क्रमणको पुष्टि

पछिल्लो चौबीस घण्टामा २८८ जनामा सङ्क्रमणको पुष्टि

 नेपालमा कोरोना भाइरसका २८८ जना सङ्क्रमित थपिएका छन् । 

पछिल्लो चौबीस घण्टामा २८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । त्यस्तै  पछिल्लो चौबीस घण्टामा १२७ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो चौबीस घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ७३५ जना निको भएका छन् ।