/बेनीमा डरलाग्दो डडेलो, अग्नि रेखा बनाउन बेनी बजार बासीलाई म्याग्दी जिल्ला प्रशासन कार्यालयको अनुरोध

बेनीमा डरलाग्दो डडेलो, अग्नि रेखा बनाउन बेनी बजार बासीलाई म्याग्दी जिल्ला प्रशासन कार्यालयको अनुरोध

चैत्र २७, जिल्ला प्रशासन कार्यालय म्याग्दीले अग्नि रेखा बनाउन र सल्लेपिर हटाउन बेनी बजार बासीलाई   अनुरोध गरेको छ  । बेनीबजार नजिकैको बराहपाखो वनको सल्लेरी वनमा डरलाग्दो आगो लागेको भन्दै म्याग्दी जिल्ला प्रशासनले सो अनुरोध गरेको हो । 

”त्यहाँका स्थानीयलाई आँफु संग भएको हँसिया , कोदालो लिई वन नजिकै गइ अग्निरेखा बनाउन र सल्लेपरी हटाउनु हुन अन्यथा स्थिति भयावह भई बजारबासिलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने हुन सक्ने समेत अनुरोध छ  ।” बिज्ञप्तिमा भनिएको छ ।

केहि हप्ता अगाडी देखि देशका बिभिन्न स्थानमा डडेलो लाग्दै आइरहेको छ । 

FB_IMG_16179808893688870