/नेपाल र भारतका परराष्ट्रमन्त्री बीच खाेप आपूर्ति सहजीकरण सम्बन्धमा टेलिफोन वार्ता

नेपाल र भारतका परराष्ट्रमन्त्री बीच खाेप आपूर्ति सहजीकरण सम्बन्धमा टेलिफोन वार्ता

नेपाल र भारतका परराष्ट्रमन्त्री बीच आज शुक्रबार टेलिफोन वार्ता भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री एस. जयशङ्करबीच कोभिड १९ बिरुद्दको  खोपको आपूर्तिबारे टेलिफोनमा कुराकानी भएको हो ।

टेलिफोनमा कोरोना  महामारीविरुद्ध लड्ने तथा त्यसलाई परास्त गर्ने कार्यमा निरन्तर सहयोग आदानप्रदान गर्न सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार  महामारीविरुद्धको नेपालको लडाइँमा १० लाख मात्रा कोभिशिल्ड खोप उपलब्ध गराएकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ  ।

साथै उहाँले कोभिडको उच्च जोखिममा परेका नेपालीलाई दोस्रो मात्रा खोप लगाउन आवश्यक पर्ने थप खोपको आपूर्तिका लागि सहजीकरण गर्न भारतका बाह्य मामिला मन्त्रीसँग अनुरोध गर्नुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

नेपाल सँग यो  महामारी नियन्त्रणमा निरन्तर साथ रहिरहने भारतको  बाह्य मामिला मन्त्रालयले जनाएको परराष्ट्र स्रोतले बताएको छ ।