/अब विदेशमा पनि नेपाली पाठ्यक्रम

अब विदेशमा पनि नेपाली पाठ्यक्रम

नेपाल सरकारले  विदेशमा पनि  नेपाली  पाठ्यक्रममा  शिक्षण  सिकाइ  क्रियाकलाप  सञ्चालन  गर्न  अनुमति  दिने  निर्णय गरेको छ । 

सम्बन्धित देशको  कानुनअनुसार  दर्ता  गरी  सञ्चालन  गरेका  विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन  गर्न  सर्तसहितको  अनुमति दिइने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

यो संगै  नेपाली समुदाय जो विदेशमा बसिरहेका छन् उनीहरुलाई अब बिदेशमा बसेरै नेपाली पाठ्यक्रममा रहेर अध्ययन गर्ने मौका मिल्ने भएको छ  भने संचालित बिधालयहरु लाइ नेपाली पाठ्यक्रम लागु गर्ने मौका मिल्ने भएको छ  ।