स्याङ्जामा कोदालोले हानेर एक जनाको हत्या 

रिपोर्टर्स सेभेन, स्याङ्जामा कोदालोले हानेर एक जनाको हत्या भएको छ। हत्या गरेको आरोपमा प्रहरीले २६ वर्षीय रेशम रानालाई पक्राउ गरेको छ। उनले शनिबार दिउँसो सवा १२ बजे एक किशोरको हत्या गरेका हुन्। उनले हरिनाश गाउँपालिका-५ आग्रीडाँडाका १४  वर्षीय शेरबहादुर थापाको हत्या गरेको आरोप छ।   प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार उनीहरूबीच सामान्य विवाद भएको थियो। पछि रानाले थापालाई कोदालोले टाउकोमा हिर्काएका थिए। थापाको घटनास्थलमै मृत्यु भएको थियो।   रानामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पछिल्लो २४ घण्टामा चार हजार ७८० परीक्षण गर्दा…

रिपोर्टर्स सेभेन , नेपालमा कोरोनाभाइरसका ७१० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो…

युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार पौडेललाइ

२०७७ को युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदीप पौडेल सम्मानित हुनुभएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो | पुरस्कारको राशि नगद २०…

बिभिन्न संचार माध्यममाआएका ‘बम हान्ने’ खबर गलत: विप्लव…

मङ्सिर २३,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  सरकार विरोधी प्रदर्शनमा ‘बम हान्ने’ खबर गलत भएको जनाएको छ | देशभर बिभिन्न खाले प्रदर्शन चर्कन थालेपछि केही अनलाइनमा ‘राजावादीको जुलुशमा विप्लवले बम हान्ने’…

तोलामा १५ सयले बढ्यो सुनको भाउ

सोमबार ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९४ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको कारोबारका लागि महासंघले तेजाबी सुनको भाउ ९३ हजार ६५० रुपैयाँ…