भारतको बनारसमा एक नेपालीको कपाल मुन्डन गरी दुर्व्यवहार गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
उनीलगायतविरुद्ध भेलापुर प्रहरीमा जाहेरी दर्ता गरिएको छ । भारतीय प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ ।
नेपालका नेता तथा नेपालीविरुद्ध गालोगलौज गर्दै कपाल मुण्डन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाविरुद्ध भारतीय प्रहरीले कारबाही थालेको हो ।
प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । एजेन्सी