२०७७ को युआरएल पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदीप पौडेल सम्मानित हुनुभएको छ ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई सो पुरस्कार प्रदान गरिएको हो | पुरस्कारको राशि नगद २० हजार रहेको थियो ।
पौडेललाइ नगत सहित ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो । गण्डकी मेडिकल कलेज(जिएमसी)का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गर्नुभएको हो ।
पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न संघ, संस्थाले यसरी प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारमा ऊर्जा थप्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन र यो क्षेत्र हुने कमी, कमजोरीलाई सच्याउन पत्रकारिता जगतको अहम् भूमिका रहेको उल्लेख गर्नुभएको थियो । प्रतिभा छनोट समितिमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल सदस्य हुनुहुन्थ्यो ।
सन्तोष बस्यालले सञ्चालन गरेको उक्त कार्यक्रममा बोल्दै युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले ७ वर्षको अवधिमा करिब एक सय वटा स्वास्थ्य शिविर गरी सर्वसाधारणलाई सचेतनासहित निशुल्क सेवासमेत प्रवाह गरेको बताउँदै भन्नुभयो ।