बक्सिङ संघ कास्कीले १३ औं सागमा बिजयी खेलाडीलाई सम्मान गरेको छ ।
खेलाडीको मनोबल बढोस भन्ने उद्देश्यले पछिल्लो सागमा बिजयी खेलाडीहरुलाई सम्मान गरेको संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
सम्मानित हुने खेलाडीहरुमा गोल्डमेडलमा भुपेन थापा मगर , सलिन शाही , मिनु गुरुङ , केन्द्रीय बक्सिङ संघका अध्यक्ष राम आवाले , नेपाल बक्सिङ्ग चिफ कोच प्रकाश थापा मगर र साइड प्रशिक्षक सुरेश मल्ल लगायत रहेका बक्सिङ संघ कास्कीका अध्यक्ष श्रेठले बताउनुभएको छ ।