पुश १३, बङ्गलादेशबाट पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको सुरुवात हुने बताइएको हो ।
युरिया मलको ढुवानी हुनु दुई देशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।
सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी सुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रति मेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ ।
त्यस्तै नेपालले संयुक्त अरब इमिरेट (यूएई) को जेन्ट्रेडसँग ढुवानीको सम्झौता गरिसकेको छ । त्यसले प्रति मेट्रिक टन ८२ डलरमा ढुवानी गर्ने सहमति गरेको छ ।