भारतबाट कोरोना विरुद्धको खोप याे हप्ता भित्रै नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले भारतले नेपाललाई अनुदानमा उपलब्ध गराउने खोप एक हप्ताभित्र आइपुग्ने जानकारी दिनुभएको हो ।
भारतबाट ल्याउने खोपको मात्रा र समय बारे जानकारी दिइने तयारी समेत भएको अधिकारीले बताउनुभयो । विदेश मन्त्रालयका अनुसार भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ नेपाललाई दिन लागेको हो ।
खोप आए लगत्तै अग्रपङक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सेरम इन्स्टिच्युट अफ इन्डिया एसआईआईले उत्पादन गरिरहेको कोभिसिल्डलाई नेपालमा आपतकालीन प्रयोगका लागि ससर्त अनुमति दिने निर्णय भए संगै अनुदानमा उक्त खोप नेपाल ल्याउन लागिएको हो ।
कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो ।