नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार२२ रहेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३३३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएर घर फर्कनेको संख्या हालसम्म २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२५ पुगेको छ ।