पोखरा १७ बिरौटा स्थित निलगिरी सहकारीको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा पोखरा आरोग्य आश्रम लाइ खाद्यान्न सहयोग गरेको छ ।
सहकारीले आफ्नो बार्षिकोत्सवको उपलक्षमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष लेखनाथ बरालले सहकारीले आगामी दिनहरुमा पनि यस्तै सहयोग गर्दै जाने बताउनुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा निलगिरी सहकारीका सल्लाहकार कालिदास पौडेल, निवर्तमान अध्यक्ष रबिन्द्र श्रेष्ठ, उपाध्यक्ष गगाधर पौडेल, अध्यक्ष लेखनाथ बराल उपस्थिति रहेको थियो ।
आश्रम का अध्यक्ष नारायण शर्माले सहयोगको लागि संस्थाको प्रगतिको कामना गर्दै संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रम सञ्चालन सचिव तीर्थ राज आचार्य ले गर्नुभएको थियो।