पश्चिमी न्यूनचापीय प्रणालीका कारण कायम रहेको बदली आइतबारदेखि हट्दै गएको छ । आइतबार बिहानै गण्डकी प्रदेशको राजधानी पोखरामा घाम लागेको छ ।
हल्का हिउँदे वर्षा र उच्च हिमाली भेगमा हिमपात गराउन सक्रिय रहेको पश्चिमी वायुको प्रभाव शनिबार रातिदेखि विस्तारै कम हुँदै गएको र आइतबारदेखि मौसम सफा हुँदै जाने छ ।
शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहेको थियो ।
प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो ।
पोखरा बाट उत्तर तर्फ खाली देखिने हिमालहरु पनि हिउँले ढाकिएका छन् ।