/गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल

गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि : मन्त्री अर्याल

लमजुङको बेँसीशहर नगरपालिका–२ मा निर्माणाधीन श्रीजङ्ग गण नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको आज अवलोकन गर्दै मन्त्री अर्यालले गाउँगाउँमा इजरायलको अत्याधुनिक कृषि प्रविधि पु¥याइने बताउनुभएको छ । 

नेपालका लागि इजरायलका राजदूत खनान गोडरले ७० वर्षअघिसम्म खाद्यान्न अभाव हुने इजरायल अहिले अत्याधुनिक प्रविधिको उपयोगकै कृषिमा आत्मनिर्भर भई कृषिजन्य उत्पादन निकासी गर्ने अवस्थामा पुगेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विश्वमै अगाडि मानिएको इजरायलको कृषि प्रविधि गाउँगाउँमा पु¥याउन सके देश समृद्धितर्फ अघि बढ्नेछ । कृषिको विकास हुन सकेमा मात्र देशको विकास हुनेमा हामी स्पष्ट छौँ ।” व्यावसायिक कृषि, आधुनिकरण र यान्त्रिकीरण भए मात्र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुँदै देश समृद्ध हुने मन्त्री अर्यालको भनाई छ ।