/सबैभन्दा भन्दा शक्तिशाली जनता हुन्: ईश्वर पोखरेल

सबैभन्दा भन्दा शक्तिशाली जनता हुन्: ईश्वर पोखरेल

संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति  रहेको नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनाएका छन् ।‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने । तर, लोकतन्त्र र शक्ति पृथकीकरणमा विश्वास गर्ने भएकाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने पोखरेलले बताए ।

सर्वोच्च अदालतको फैसलाबारे बोल्नु हुन्न भन्ने सोचाइ राख्नेहरुको सन्दर्भ उल्लेख गर्दै उनले भने, ‘यो विरुद्धमा होइन, हाम्रो असहमति हो । विश्लेषणको आधारमा गरेको हाम्रो अहसमति । हामीले भनेका छौं– तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दैथियो, त्यही दुर्भाग्यतिर जानको लागि प्रेरित गरेको छ ।’पोखरेलले सर्वोच्चको फैसलाकै कारण मुलुक विकास र समृद्धिमा बाधा पुग्ने समेत जिकिर गरे ।