/बहिनीलाई बलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ ll

बहिनीलाई बलात्कार गर्ने १९ वर्षीय युवक पक्राउ ll

नातामा बहिनी पर्ने बालिकालाई टिकटक बनाउन घरमा डाक्दै, बलात्कार गर्ने लमजुङ बेशिशहरका  १९ वर्षीय युवक पक्राउ परेका छन् l पढाइदिन्छु र टिकटक पनि बनाउने भनेर घरमा डाक्दै ति किशोरले हाडनाता करणी गर्दै आएको प्रारम्भिक बयानमा खुलेको लमजुङ प्रहरीले जनाएको हो l बालिका प्रायः किशोरको घरमा आउजाउ गर्ने र नातामा दाजुबहिनी भएकाले घरपरिवारले पनि कुनै अनर्थ नसोच्ने भएकाले पनि किशोरले कोहि नभएको मौका पारी घरमै बलात्कार गर्दै आएको बताइन्छ । बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । प्रहरीका अनुसार पछिल्लो समय फागुन १ गते बालिकामाथि किशोरले जबर्जस्ती करणी गरेका थिए । किशोरले माघदेखि नै करणी गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ l