स्याङ्जाबाट भरुवा बन्दुकसहित एक पुरुष पक्राउ परेका छन् । स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं २ राङदाङ बस्ने ६९ वर्षीय डिल बहादुर गुरूङलाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
आफ्नो घरमा अवैध भरुवा वन्दुक राखेको गोप्य सूचनाका आधारमा निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता शिव थापा बताए ।
टोलीले निजको घर खानतलासी गर्दा एक थान भरुवा बन्दुक उनलाई पक्राउ गरेको हो । प्रहरीले गुरूङलाई “हातहतियार तथा खरखजना सम्बन्धी” कसुरमा मुद्धा दर्ता गरेको समेत बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।