/संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

संसद् पुनर्स्थापनापछि सरकार झन् बलियो भएको सुवास नेम्वाङको भनाइ

रिपोर्टर्स सेभेन,


संसद् पुनर्स्थापनापछि नेकपा (ओली समूह)का नेता सुवास नेम्वाङले सरकार झन बलियो भएको बताएका छन् । आज सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिले   काठमाडौँमा आयोजना गरेको एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वााङले सो कुरा बताएका हुन् । 

प्रतिनिधिसभा पुनर्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेको पनि उनले बताए । तर, अहिले पुनर्स्थापित भएपछि फेरि संसद्मा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको उनले बताए । 

‘हिजो पुनर्स्थापना नहुँदासम्म केपी ओली त केयर टेकर हो निर्वाचन घोषणा गरिराखेको छ । निर्वाचन घोषणा गरिराखेको प्रधानमन्त्रीले यो के के निर्णय गर्ने हो ? निर्णय गर्न पाउँदैन यो कामचलाउ सरकारको प्रधानमन्त्री भन्ने गर्नुहुन्थ्यो जुन कुरा ठिक थिएन यो ठिक होइन भनिराथ्यौँ,’ उनले भने,‘अब त त्यो दुःख पनि गर्न नपर्ने भयो, संसद पुनर्स्थापित भयो प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास लगायतका कुराहरू के छ स्थिति मैले बताई नै सके उहाँ त हिजो भन्दा झन दह्रो पो हुनुभयो ।’ 

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले प्रस्तावको सामना गर्ने बताए। अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरी एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्बाङले बताए।