/फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक,

फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक,

फाल्गुन १६, गण्डकी प्रदेश सरकारले आज पत्रकार सम्मेलन गर्दै तालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ ।
पछिल्लो अध्ययनले फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर (११ हजार २ सय ५५ रोपनी) रहेको देखाएको छ । तालको बाँध निर्माण मा सहजताकालागी तालको पानि सुकाइएको यहि समयमा यसको नया क्षेत्रफल पनि मापन गरेर सार्वजनिक गरिएको हो ।

२०६४ सालको मापन भन्दा यसपालिको मापनबाट तालको क्षेत्रफलमा ह्रास आएको छ। तत्कालिन समयमा फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी (६ दशमलव ५४ वर्ग किलोमिटर) रहेको उल्लेख गरिएको थियो ।
गत कात्तिक पहिलो साता चार किल्ला निर्धारण, नक्सांकन तथा सीमांकन समिति गठन भएको थियो । समितिले तयार पारेको प्रतिवेदन गत माघ अन्तिममा प्रदेश सरकारलाई बुझाएको थियो ।

प्रतिवेदन बुझाएको १० दिनपछि सरकारले समितिले तोकेको क्षेत्रफल र चार किल्लालाई मान्यता दिएको हो ।