कुमार गुरुङ ,
पोखरा १७ , छोरेपाटन स्थित डेभिज फल क्लबले संस्थापक सचिवलाई सम्मान गरेको छ । क्लबलाइ गरेको सहयोगको उच्च प्रशंसा गर्दै सम्मान गरेको हो ।
स्थापनाको समय देखि नै संस्थालाई उल्लेख्य योगदान पुर्याएका सस्थापक सचिव बालाराम पौडेललाइ उच्च सम्मान गरिएको संस्थाका सल्लाहाकार कुमार गुरुङले बताएका हुन्। पौडेल हाल अमेरिकामा रही डिभिज फल क्लबको बैदेशिक विभागका संयोजकको रुपमा रही क्लबलाई सहयोग गर्दै आएका छन् । उनि अमेरिकामा रही विभिन्न व्यवसाय गर्दै आइरहेका छन् ।
कार्यक्रममा क्लबका अध्यक्ष पुष्प बराल , उपाध्यक्ष बिनम गुरुङ लगायतले बोलेका थिए ।
क्लबले स्थापनाकाल देखिनै समाजसेवाका कार्य गर्दै आएको छ । एम्बुलेन्स देखि खेलकुदको क्षेत्र संगै विभिन्न विकासका कार्यहरु गर्दै आइरहेको छ ।