रिपोर्टर्स सेभेन,
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतबाट फर्किए लगत्तै राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् । भारतबाट फर्केलगत्तै आएको बाबुरामको यो प्रस्तावलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
आफ्नो स्वास्थ्य उपचार गैर फर्किए लगत्तै उनले यस्तो बताएका हुन् । उनले भनेका छन् ”दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक फरगिभ र फर्गेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं । ”
उनको यो भनाइलाई राजनितीक हिसाबले महत्वपूर्ण मानिएको छ ।
दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं:..२
— Baburam Bhattarai (@brb1954) March 2, 2021