रिपोर्टर्स सेभेन,
मंगलबारदेखि तालको गहिराइ बढाउन र ताल क्षेत्र फराकिलो बनाउने कार्य सुरु भएको छ। सबै तिरबाट पानि हटाएको मौका पारि तालमा जमेको अनावस्यक माटो निकाल्नु पर्ने सुझाव आए पछी तालको माटो निकाल्ने काम सूरु गरिएको हो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले माटो झिक्ने कामको सुरुवात गर्दै तालको मूल र पर्यावरणलाई असर नगर्ने गरी झिक्नुपर्नेमा जोड दिए।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, फेवाताल चारकिल्ला निर्धारण सीमांकन तथा नक्सांकन समिति, सिँचाइ डिभिजन कार्यालयलगायतका निकायको निर्णयले माटो निकाल्न थालिएको हो ।
पोखराको मुख्य बजार हुँदै तालमा फिर्के खोला मिसिने हुदा तालमा खोलाले बगाएर ल्याउने माटो, प्लास्टिकजन्य र अन्य फोहोर थुप्रिएर गाईघाट क्षेत्रमा तालको क्षेत्र साँगुरिएको थियो ।